Incident Reports

Ostracized Woman Seeks Police Help to Return Home

2013-04-26

Sudurpashchim, Achham, Panchadewal Binayak

अछाम । वैशाख १३ गते गाउँकै एक दलितसँग अनैतिक सम्बन्ध राखेको आरोपमा गाउँनिकाला गरिएकी विनायक-१ की ४० वर्षीया रमिला धामीले गाउँमा बस्ने वातावरण मिलाई दिन माग गर्दै ०७० वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन् । विनायक-१ का २९ वर्षीय ध्वजबहादुर नेपालीसँग रमिलाको अनैतिक सम्बन्ध रहेको आरोपमा गाउँलेहरूले दुवैजनालाई ०६९ चैत २१ गते सामाजिक रुपमा बहिष्कार गर्दै गाउँनिकाला गरेका थिए । पूर्व जिविस सदस्य दिलबहादुर धामी र टङ्क धामीको नेतृत्वमा रहेका गाउँलेहरूले अनैतिक सम्बन्धको आरोप लगाउँदै रमिलाका पति रामबहादुर धामीलाई पत्नि स्वीकार गर्ने भए गाउँलेहरूबाट अलग हुन दबाब दिएर कागज गर्दै गाउँनिकाला गरेको स्थानीय मीना धामीले जानकारी दिइन् । गाउँलेहरूले निकाला गरेपछि ध्वजबहादुर अहिलेसम्म घर नफर्केको र रमिलालाई भने पतिले ल्याएर घरमा राखेपछि गाउँलेहरूले कुटपिट गर्ने गरेको निवेदनमा उल्लेख गरिएको छ । प्रहरीले कुटपिट र गाउँनिकाला गर्ने कार्यमा संलग्नलाई वैशाख १३ गते जिल्ला प्रहरीमा उपस्थित हुन प्रहरीलाई खटाएको जनाएको छ । शिवराज खत्री Achham/ April 26 Ramila Dhami, 40, of Binayak VDC-1 has lodged an application at District Police Office on April 26 asking police to ensure environment conducive for her return to the village. Dhami was expelled by the villagers from the village a month ago on charge of having an illicit relationship with Dwaj Bahadur Nepali, 29, of same VDC. Both of them were ostracized by the villagers led by former district development committee member, Dilli Bahadur Dhami and Tanka Dhami for their alleged relationship. They further threatened Ramila’s husband, Ram Bahadur Dhami with similar fate if he chooses to continue to accept her as a wife. The application Dhami filed states that, Dwaj Bahadur had not returned home after the villagers' action and that she has been abused and assaulted by the villagers. The police team was deployed to the village to find those who were involved in assault against her. Shiva Raj Khattri

0 Comments

Related Reports
Related Trend Analysis