Samyukta Loktantrik Madhesi Morcha has called banda in Saptari district protesting the death of its cadres on Monday’s police firing.
SLMM cadres vandalized municipality and telecom office at Rajbiraj.
Morcha cadres have been demonstrating since early morning in Bhardaha, Kanchanpur, Rupani, Kalyanpur of the district.
Three Morcha cadres had died in a clash with police while trying to disrupt the CPN-UML’s assembly in the district. Seven others are critical, Morcha said.
Meanwhile, Morcha’s emergency meeting has begun in Rajbiraj, informed leader Gajendra Mandal.
प्रहरीको गोली लागि ३ जनाको ज्यान गएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले आजबाट आह्वान गरेको अनिश्चतकालिन सप्तरी आमहडतालका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ ।
मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका कार्यालय, नेपाल टेलिकमको कार्यालयमा तोडफोड गरेका छन् ।
अहिले प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय घेरिरहेका छन् । प्रदर्शनकारीले राष्ट्रिय मानव अधिकार आयोगको गाडी तोडफोड गरेका छन् । बा७च ७४७३ नम्बरको गाडीमा प्रदर्शनकारीले तोडफोड गरेका हुन् । गाडीमा ४ जना रहेका थिए । उनीहरुलाई अहिले जिल्ला अदालतमा राखिएको छ । उनीहरु सुरक्षित छन् ।