Incident Reports

वीरगञ्जमा तनाव, प्रदर्शकारीद्वारा सरकारी कार्यालयमा तोडफोड

2017-03-07

Madhes, Parsa, Birgunj

पर्सामा मधेसी मोर्चाका कार्यकर्ताहरुले विभिन्न सरकारी कार्यालयमा तोडफोड गरेका छन् । मोर्चाका कार्यकर्ताले वीरगञ्जस्थित नापी, मालपोत, हुलाक र नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् । तोडफोडबाट कार्यालयमा सिसाहरु फुटेका छन् । यस्तै मोर्चाका कार्यकर्ताहरुले अहिले चोकचोकमा भेला भएर सरकार र एमालेको विरोधमा प्रदर्शन गरिरहेका छन् भने मोर्चाले गर्न सक्ने उच्छृङ्खल गतिविधिलाई ध्यानमा राखेर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । सप्तरीमा सोमबार साँझ भएको प्रहरी र मोर्चाका कार्यकर्ताबीच भएको झडपका क्रममा तीन जनाको मृत्यु हुनुका साथै दर्जन बढी घाइते भएका थिए । सो को विरोधमा मधेसी मोर्चाले आज तराई मधेस बन्दको घोषणा गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Saptari

0 Comments

Related Reports