Incident Reports

बालकमाथि यौनदुर्व्यवहार l

2013-04-28

Madhes, Saptari, Rajbiraj

Manohar Kumar Pokharel सप्तरी । वैशाख १६ गते चार वर्षीय बालकलाई सोही जमुनी मधेपुरा गाविस-२ का १८ वर्षीय युवक जयकिशोर गोइतले यौन दुर्व्यवहार गरेको भन्दै पीडितको परिवारले वैशाख १६ गते प्रहरीमा उजुरी दिएका छन् । आरोपित जयकिशोरले बालकलाई वैशाख १५ गते साँझ जबरजस्ती अप्राकृतिक मैथुन गरिरहेको अवस्थामा स्थानीय गाउँलेले फेला पारेको पीडित परिवारले बताएका छन् । पीडित पक्षले घटनाका आरोपित जयकिशोरलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका आरोपित जयकिशोर अहिले फरार रहेको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं प्रवक्ता श्यामसिंह चौधरीले बताए । बालकको राजविराज नपा-३ स्थित सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य जाँच गराइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी चौधरीले जानकारी दिए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis