Incident Reports

सप्तरीमा बस तोडफोड

2017-03-09

Madhes, Saptari, Rajbiraj

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अह्वान गरेको अनिश्चितकालिन सप्तरी बन्दले चौथो दिन पनि यहाँको जनजीवन प्रभावित भएको छ । नेकपा एमालेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागेर सप्तरीमा चार जना कार्यकर्ताको मृत्यु भएपछि मोर्चाले अनिश्चितकालिन बन्दको घोषणा गरेको हो । बन्दले सदरमुकाम राजविराजबाट सञ्चालन हुने छोटो तथा लामो दुरीका सवारी साधन पूर्ण रुपमा ठप्प छन् भने जिल्लाभरिकै सरकारी तथा गैर सरकारी कार्यालय, बजार, कलकारखाना, शैक्षिक संस्था समेत बन्द छ । यता, पूर्व–पश्चिम राजमार्गमा छिटफुट रुपमा सवारी साधान चलेपनि जिल्लाका मुख्य मुख्य बजारमा मोर्चाका कार्यकर्ताले अवरोध गरिरहेका छन् । जिल्लाको भारदह, बरमझिया, रुपनी, विसनपुर लगायतका स्थानमा मोर्चाका कार्यकर्ताले विहानैदेखि टायर बालेर अवरोध गरिरहेको सद्भावना पार्टीका केन्द्रिय दिनेश यादवले जानकारी दिएका छन् । बन्दकर्ताले पूर्वबाट आईरहेको १०÷१२ वटा बसमा तोडफोड समेत गरेका छन् । तोडफोडबाट बसको सिसा फुटेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 10
National/Online Media

0 Comments

Related Reports