Incident Reports

बोक्सीको आरोपमा महिलालाई घरनिकाला l

2013-04-28

Bagmati, Nuwakot, Suryagadhi

Vivek Dhungana काठमाडौँ । वैशाख १६ गते बोक्सीको आरोपमा घरनिकाला गरिएकी नुवाकोट जिल्ला गणेशस्थान गाविस-६ का ३८ वर्षीया राधिका अधिकारीले वैशाख १५ गते महानगरीय प्रहरी परिसर, महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी छिन् । पति ५० वर्षीय चित्रबहादुर अधिकारी र देवरहरूले आफूलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरी वैशाख ७ गते घरबाट निकालेपछि न्यायका लागि प्रहरीमा आएको पीडितले बताइन् । उनीहरूले आफूलाई पटकपटक बोक्सी भन्दै निर्घात कुटपिट गर्ने र खानलाउन नदिने गरेको पीडितले जनाइन् । पति चित्रबहादुर र देवरहरूलार्इ महिला हिंसा ऐन २०६६ अन्तर्गत कारबाही गरी पाउँ भनि पीडितले कालिमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी गरेकी हुन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको महिला तथा बालबालिका सेवा केन्द्रकी इन्स्पेक्टर सुशीला प्रधानले बताइन् । पीडित राधिका र चित्रबहादुरबीच ०५७ सालमा विवाह भएको थियो । हाल उनीहरूको तीन छोरा छन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis