UDMF cadres set fire to the Tourism Office in Pirari Chowk of Dhanusa district. According to District Police Office Dhanusha, the demonstrators torched the office of Satya Narayan Sha, Chief of Tourism Office Dhanusha. Two sofas, few tables and chairs were completely burnt due to the fire. The fire was put off with the help of locals after half an hour when the assistant of the office returned from the local market. Dozens of police deployed in Pirari Chowk at a 5 minutes distance reached the spot only after an hour.
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरु पिरारी चौकमा रहेको पर्यटन कार्यालयमा आगजनी गरेका छन् । पर्यटन कार्यालय धनुषाका प्रमुख सत्यनारायण साहको कार्यकक्षमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सो आगलागीमा परी कार्यालयका २ वटा सोफा र केही कुर्सी टेबल जलेर पूर्णरुपमा नष्ट भएको जनाइएको छ । आगलागी भएको करीब आधा घण्टा पश्चयात तरकारी किन्न बजारतर्फ निस्केका कार्यालय सहायक आएपछि स्थानीयको सहयोगमा आगो निभाइएको थियो । पाँच मिनेटको दूरीमा पिराडी चौकमा सुरक्षार्थ दर्जनौको संख्यामा प्रहरी खटिएपछि कार्यालयमा आगजनी भएको छटनाको करीब एक घण्टा ढिलो गरी प्रहरी घटना स्थलमा पुगेको बताइएको छ ।