Incident Reports

पत्रकारलाई अज्ञात समूहद्वारा आक्रमण

2017-03-07

स्याङ्जा घर भइ बुटवल उमनपा-५, गोलबजार बस्ने रेडियो जागरणका समाचार प्रमुख ३९ वर्षीय टेकबहादुर मास्केलाई मोटरसाइकलमा आएका पाँच जनाको समूहले फागुन २३ गते राति रेडियोमा काम सकेर घर फर्कँदै गर्दा आक्रमण गरी घाइते बनाएका छन् । आक्रमणबाट घाइते भएका पीडित पत्रकारको उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लगिएको भएपनि समय लाग्ने भएको भन्दै स्थानीय पुष्पा फार्मेसीमा गरिएको पीडितले बताए । उनको दायाँ हात भाँचिएको छ भने शरीरका अन्य भागमासमेत चोट लागेको छ । फागुन २५ गते हुन लागिरहेको फोनिजको जिल्ला सम्मेलनमा ‘तँ उम्मेदवार हुने हैन ?’ भन्दै आक्रमणकारीले कुटपिट गरेको पीडितले बताए । नेपाल पत्रकार महासङ्घको टोली नै पुगेर इलाका प्रहरी कार्यालय बुटवलमा फागुन २४ गते घटनाका दोषीको पहिचान गरी कारबाही गर्न उजुरी दिएको छ । उजुरी आए लगत्तै घटनाको अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 05
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 01
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 01
INSEC

0 Comments