Incident Reports

बलात्कार आरोपितलाई प्रहरीले संरक्षण गरेको आरोप l

2013-04-29

Province 1, Sunsari, Inaruwa

Sukdev Chaudhary सुनसरी । वैशाख १६ गते बाह्र दिन अघि स्थानीय मेलाबाट घर फर्कने क्रममा सिमरीया गाविस १ की १५ वर्षीया एक दलित बालिकालाई हात खुट्टा बाधेर बलात्कार गर्ने पीडकलाई प्रहरीले संरक्षण गरी रहेको वैशाख १६ गते पीडित परिवारले आरोप लगाएका छन् । गत वैशाख ५ गते स्थानीय मेला भरी घर फर्कने क्रममा सोही गाविसका ३० वर्षीय दिलिप चौधरीले बलात्कार गरेको बाह्र दिन वितिसक्दा पनि घटना प्रति प्रहरी संवेदनशील नभएकोले पीडकलाई नियन्त्रणमा लिन नसकेको स्थानीय हरिलाल ऋषिदेवले जानकारी दिए । पीडित परिवारलाई घटनाको विषयमा पीडक पक्षबाट गाउँमै पञ्चायती बसेर मिल्ने दवाव दिदै आएको जनाइएको छ । पीडित परिवारले किटानी जाहेरी वैशाख ९ गते नै इलाका प्रहरी कार्यालयमा दिइसकेको बताइएको छ । यता घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको छ भने बलात्कारको घटनामा संलग्न भएका आरोपीको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर सुरज खड्काले बताए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis