Incident Reports

वीरगञ्जमा मोर्चाको मशाल जुलुस

2017-03-09

Madhes, Parsa, Birgunj

सप्तरी घटनाको विरोधमा संघीय गठबन्धनले भोलि आह्वान गरेको नेपाल बन्दको कार्यक्रमलाइ सपल बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले वीरगन्जमा आज साँझ मशाल जुलुश निकालेको छ । वीरगन्जको घण्टाघर चोकबाट साँझ ६ बजे निस्किएको मशाल जुलुश माइस्थान , आदर्शनगर , अलखीयामठ , घडीअर्वा हुदै पुन घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाइ मधेसी मोर्चामा आबद्ध मधेसी दलका नेताहरुले सम्बोधन गरेको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिए । आज दिउँसो बसेको मोर्चाको बैठकले भोलिको नेपाल बन्दको कार्यक्रमलाइ सफल पार्न वीरगन्जमा आज सँँझ मशाल जुलुश निकाल्ने निर्णय गरेको थियो । यस्तै मोर्चाको बैठकले भोलिको नेपाल बन्दको कार्यक्रमलाइ सफल पार्न सम्पूर्ण कार्यकर्ता र मधेसी जनतालाइ आह्वान पनि गरेको छ । बैठकमा फोरम नेपाल पर्साका अध्यक्ष यादवका साथै सदभावना पार्टीका जिल्ल उपाध्यक्ष अनिरुद्र कलवार, नगर अध्यक्ष ओम प्रकाश सर्राफ , नेपाल सदभावना पार्टी पर्साका अध्यक्ष कृष्णा पटेल , राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल , तमलोपाका जिल्ल उपाध्यक्ष हजारी साह , जिल्ला सचिव चन्दन मिश्रा , मधेसी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष मुस्तकीम अन्सारी , तराइ मधेस सदभावना पार्टीका वीरेन्द्र यादव लगायतको सहभागीता रहेको थियो । यस्तै बाराको कलैयामा पनि मधेसी मोर्चाका कार्यकर्ताहरुले आज साँझ मशाल जुलुश निकालेका छन् । कलैयाको भरतचोकबाट निस्किएको मशाल जुलुश नगरका विभिन्न भागको परिक्रमा पछि पुन भरतचोकमै फर्किएर समापन भएको तराइ मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments

Related Reports