Incident Reports

वौद्धिक अपाङ्गता भएकी महिलामाथि बलात्कार आरोपित गिरफ्तार l

2013-04-28

Deepen Neupane मोरङ । वैशाख १६ गते ३० वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा टाँडी गाविस-६ का २५ वर्षीय रामकुमार लिम्बूलाई प्रहरीले ०७० वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडितको उर्लाबारी गाविस-६ मङ्गलबारेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण भएको छ । घटनापछि पीडितका दाजुले इलाका प्रहरी कायालय उर्लाबारीमा उजुरी दिएको असई युवराज बस्नेतले बताए । घटना ०७० वैशाख १५ गते भएको थियो । आरोपितले पीडितलाई घरैमा गइ बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको असई बस्नेतको भनाइ छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis