Police are charged for beating up the locals in Bhathi Chowk of Yedukoha of Dhanusha at 8:30 pm on Tuesday night. More than dozens of locals were injured when police lathi charged in a place of more than hundreds. Locals complained of being beaten without reason. When Pawan Kumar Jha; Police Inspector as well as In charge of Area Police Office Yadukoma was inquired about the incident, he accepted the fact of innocents being injured when police was trying to chase away people troubling alcohol sellers forcing then to sell them alcohol till late night. After the sellers themselves informed the police, they reached the spot and take the situation under control and were compelled for lathi charge.
धनुषाको यदुकोहामा मंगलबार राती केही सर्वसाधारणहरुलाई प्रहरीले कुटपिट गरेको आरोप लगाइएको छ । यदुकोहाको भठठी चोकमा राति करिब ८:३० बजे चोकमा एक्कासी प्रहरीको भ्यान आएर सर्वसाधारणहरु उपर लाठीचार्ज गरिएको जनाइएको छ ।
सयौँ जना भएको ठाउँमा प्रहीले लाठीचार्ज गर्दा दर्जन बढी व्यक्ति सामान्य घाइते भएको हो । यता, प्रहरीले बल प्रयोग गरी बलजबरजस्ती सर्वसाधारहरु उपर लाठीचार्ज गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।
प्रहरीले बिनाकारण सर्वसाधारहरुलाई निर्घात कुटपिट गरेको जनाइएको छ । यता, घटनाको बारेमा ईलाका प्रहरी कार्यालय यदुकोहाका ईन्चार्ज एवं प्रहरी नीरिक्षक पवन कुमार झाले केही सर्वसाधारणहरुलाई भागाभाग हुँदा चोटपटक लागेको स्वीकार गरेका छन् । चोकमा रक्सी पसलेहरुलाई विभिन्न ठाउँबाट आएका जन्तीहरुले रातीसम्म परेशान गर्न थालेपछि प्रहरी गएर रोक्न खोज्दा तथा उनीहरुलाई लखेट्न खोज्दा केही सर्वसाधारणहरु समेत परेको उनले स्वीकार गरे ।
उनले भने ,“ हामीले यदुकोहा चोकमा राती अन्तिम ८ बजेसम्म मात्र मदिरा पसलहरु सञ्चालन गर्न आदेश गरेका छौँ । ८ बजेपछि हामीले गस्ती टोली खटाउँछौँ । तर राती केही जन्तीहरुले मदिरा पसलेहरुलाई बढी रातीसम्म पसर खोलेर रक्सी खाएको पाइयो । पसलेले स्वयं प्रहरीलाई खबर गरेपछि प्रहरीको भ्यान तत्काल चोकमा पुगेपछि उनीहरुमा भागाभाग भएको थियो र केही बेकसुर सर्वसाधारण समेत त्यसमा पर्न गयो त्यो कुरा म स्वीकार गर्छु” ।