Incident Reports

सबै हतियार बुझाउन सूचना

2017-03-17

Nepal

जिल्ला प्रशासन कार्यालयले जिल्लामा अनुमति लिएका र नलिएका कुनै पनि हातहतियार र विस्फोटक पदार्थ बुझाउन सूचना गरेको छ । कार्यालयले एक सूचना जारी गरी स्थानीय निकायको निर्वाचनलाई दृष्टिगत गरी समाजमा शान्ति सु–व्यवस्था कायम गराइराख्न साना तथा ठूला हातहतियार, विस्फोटक पदार्थ जिल्ला सुरक्षा समितिलाई बुझाउन सूचना जारी गरी आह्वान गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अवैध हातहतियार नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला सुरक्षा समिति, चितवनको निर्णयअनुसार कानुनबमोजिम अनुमति प्राप्त गरेका र अवैधरुपमा लुकाई छिपाई राखेका हातहतियार, विस्फोटक पदार्थ ७ दिनभित्र बुझाउन निर्देशन दिएको हो । ‘यस्ता हातहतियार र विस्फोटक पदार्थ जिल्ला प्रशासन कार्यालय चितवन वा नजिकको प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउन हुन सम्बन्धित महानुभावमा यो सूचना जारी गरिएको छ’, प्रहरीले सोमबार सार्वजनिक गरेको सातदिने सूचनामा उल्लेख छ । तोकिएको समयसीमाभित्र नबुझाई लुकाई छिपाई राखेमा हातहतियार र विस्फोटक पदार्थ नियन्त्रण गर्ने विशेष योजनाअन्तर्गत गठन भएको विशेष संयुक्त सुरक्षा टोलीबाट कानुनअनुसार कडा कारबाही हुने प्रहरीले चेतावनी दिएको छ । स्थानीय प्रशासनले निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था थप सुदृढ बनाएको जानकारी दिएको छ । रासस 

0 Comments

Related Reports