Incident Reports

पतिलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी l

2013-04-30

Nepal

Sabitri Sapkota चितवन । वैशाख १७ गते गोरखा घर भई हाल भरतपुर नपा-४ बस्ने २० वर्षीया महिलाले पति २३ वर्षीय राजेन्द्र दाहाल घिमिरेले कुटपिट गरेको आरोपमा वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पतिले आफूलाई बिवाह भएपछि दाइजो नल्याएको भन्दै पटकपटक गाली बेइज्जती गर्ने, कुटपिट गर्ने र मानसीक रुपमा पीडा दिने गरेको पीडित महिलाले बताइन् । आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइ आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका सई अमृत श्रेष्ठले बताए । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis