Incident Reports

गगन थापाको समर्थनमा मधेसी दल र नयाँ शक्तिका युवाको प्रदर्शन

2017-03-16

Madhes, Parsa, Birgunj

स्वास्थ्य मन्त्री गगन थापालाई मन्त्री पदबाट हटाउन लागेको चर्चा चलेपछि त्यसको विरोधमा वीरगञ्जमा बिहीबार युवाले प्रदर्शन गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारलाई सरकारमा सामेल गर्न स्वास्थ्यमन्त्री थापालाई हटाएर स्वास्थ्य मन्त्रालयको जिम्मेवारी गच्छेदारलाइ दिने तयारी भइरहेको चर्चा चलेपछि त्यसको विरोधमा वीरगञ्जमा युवाले प्रदर्शन गरेका हुन्। वीरगञ्जको घण्टाघर चोकमा बिहीबार दिउँसो सचेत युवा वीरगन्ज नामक समूहको अगुवाइमा युवाले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी युवाले स्वास्थ्यमन्त्री गगन थापालाई काम गर्न देऊ, विकासको मुद्दामा हामी एक छौँ, राष्ट्रहितलाई केन्द्रमा राखेर राजनीति गर जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्। प्रर्दशनमा सद्भावना पार्टीका वीरगञ्ज नगर अध्यक्ष ओम प्रकाश सर्राफ, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई, नयाँ शक्ति पार्टीकी केन्द्रीय परिषद् सदस्य मोनिका सिंह, नेविसंघका नेता राकेश यादव, बाल क्लब सञ्जाल पर्साका पूर्वअध्यक्ष जया साह, जवाफदेहीताका लागि युवा अभियानका शिवनाथ यादव, सरोज चौरसीया, सञ्चारकर्मी कृष्ण उदास खनाल, ईश्वरी श्रेष्ठ, सन्ध्या पौडेल, साबिर अहमद एराज, अजितम पाण्डेलगायतको सहभागिता थियो। प्रधानमन्त्री दाहालले सत्ता टिकाउनका लागि मात्र मन्त्री थापालाई हटाउने षडयन्त्र गरेकाले त्यसको विरोधमा प्रदर्शन गरिएको सद्भावना पार्टीका नगर अध्यक्ष सर्राफले बताए। गगन थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि देश र जनताको हितमा धेरै राम्रा काम गर्दै आएका छन्, उनले भने ,‘राम्रो काम गर्ने जुनसुकै पार्टीको मन्त्री वा नेता भए पनि युवाले सपोर्ट गर्नु पर्छ, अनि मात्र देशको विकास हुन्छ। अहिलेको मन्त्रीमण्डलमा स्वास्थ्यमन्त्री थापा र ऊर्जामन्त्री जनार्दन शर्मा मन्त्री मात्र आशलाग्दो भएको भन्दै जवाफदेहीताका लागि युवा अभियानका यादवले भने, ‘सरकारमा रहेका दलका नेतालाई हामी यति मात्र भन्छौँ कि देश र जनताको हितमा केन्द्रित भएर राजनीति गर, सत्ताका लागि फोहोरी राजनीति नगर, राम्रो काम गर्ने मन्त्रीलाई अझै काम गर्न देऊ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Secondary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments