Incident Reports

आरआरमा स्ववियु चुनाव गराउन सर्वोच्चको आदेश

2017-03-16

Bagmati, Kathmandu, Kathmandu

सर्वोच्च अदालतले राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। फागुन २३ गतेका लागि तोकिएको स्ववियु चुनावको प्रक्रिया सुरु भएपछि स्थानीय निर्वाचन सम्बन्धी आचारसंहिता लागु भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले हस्तक्षेप गरेको थियो। चुनावी प्रक्रिया सुरु भएपछि प्रहरीले हस्तक्षेप गरेको भन्दै फागुन २३ गते नै अनेरास्ववियुका सभापति उम्मेदवार तपेन्द्रबहादुर शाहीले सर्वोच्चमा रिट दायर गरेका थिए। शाहीले दायर गरेको रिटमाथि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले बुधबार निर्वाचन प्रक्रिया अगाडि बढाउन अन्तरिम आदेश दिइएको हो। अनेरास्ववियुका सभापति उम्मेदवार शाहीले सर्वोच्चको आदेश तत्काल कार्यान्वयन गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन कलेज प्रशासनसँग माग गरेका छन्। ‘अब निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउनुपर्छ भन्ने हाम्रो माग हो’, सर्वोच्चको आदेशपछि अन्नपूर्णसँग कुरा गर्दै शाहीले भने।

0 Comments

Related Reports