Incident Reports

पतिले हिंसा गरेको भन्दै अदालतमा उजुरी l

2013-04-30

Lumbini, Rolpa, Madi

Dharendra Dangi रोल्पा । वैशाख १८ गते पटक पटक आफूमाथि हिंसा गर्दै आएको भनी घर्तीगाउँ गाविस-२ गल्सुकाकी २० वर्षीया जुनमाया घर्तीले पति विरुद्धमा जिल्ला अदालतमा उजुरी दिएकी छन् । घर्तीगाउँ गाविस-२ का २१ वर्षीय गणेश घर्तीले ०७० वैशाख १४ गते दिउसो निर्घात रुपमा कुटपिट गरी गम्भीर घाइते भएपछि जुनमायाले पतिका विरुद्धमा वैशाख १७ गते जिल्ला अदालत रोल्पामा उजुरी दिएकी हुन् । पतिको कुटाइबाट उनको निधारमा ४ वटा टाँका लगाइएको छ भने खुट्टामा समेत चोट लागेको छ । नेपाल टेलिकममा कार्यरत उनका पति गणेशले चिरपटको दाउराले हानी घाइते बनाएका हुन् । २०६५ सालमा विवाह गरेकी पीडित जुनमायाले सम्बन्ध विच्छेद र अंशवण्डाको लागि अदालतमा उजुरी दिएकी हुन् । यसअघि पनि पटक पटक कुटपिट गर्दै आएकोले न्यायका लागि प्रहरी कार्यालय र गाउँमा रहेको जान्नेबुझ्ने कहाँ उजुरी दिएकी थिइन् । पहिले केही समयमा मिलापत्र गरेपनि जाँडरक्सी खाएर कुटपिट गर्दै आएको पीडित जुनमायाले बताइन् । उनको ४ वर्षीया छोरी रहेकी छन् । धरेन्द्र डाँगी

0 Comments

Related Reports
Related Trend Analysis