The agitating United Democratic Madheshi Front (UDMF) cadres and leaders have locked up the office of the District Coordination Committee and Rajbiraj Municipality in Saptari district on Thursday in protest of the new local body restructuring. A group of dozens of UDMF cadres who came chanting slogans padlocked the office of LDO Sudev Pokhrel, Administrative Head Subash Mandal located in the District Coordination Committee and the office of head of executive officer of Rajbiraj Municipality Yadavraj Sapkota. UDMF is also preparing to padlock the offices of all local level offices in the district from Friday, informed Saptari district UDMF coordinator Dinesh Kumar Yadav.
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीका स्थानीय तहको कार्यालयमा तालाबन्दी गरेका छन् । ‘स्थानीय तह पुनर्संरचना मान्न सकिदैन, संख्याको आधारमा स्थानीय तह निर्धारण गर’ भन्ने जस्ता नाराबाजी गर्दै मोर्चाका कार्यकर्ताले विहिबार राजविराजस्थित जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
दर्जनौंको संख्यामा रहेका मोर्चाका कार्यकर्ताहरुले समन्वय समिति स्थित स्थानीय विकास अधिकारी सुदेव पोखरेल, प्रशासन प्रमुख सुभाष मण्डल र राजविराज नगरपालिकाका कार्यकारी अधिकृत यादवराज सापकोटाको कार्यकक्षमा ताला लगाएका छन् ।
शुक्रवारदेखि जिल्लाका सबै नगरपालिका र गाउपालिकाहरुमा तालाबन्दी गर्ने तयारी भईसकेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवले जानकारी दिए ।
यस्तै मधेसी मोर्चाका नेताहरुले स्थानीय तहको निर्वाचनमा नलाग्न कार्यालय प्रमुखहरुलाई आग्रह समेत गरेका छन् ।