Incident Reports

सप्तरीको स्थानीय तहका कार्यालयमा मोर्चाद्धारा तालाबन्दी

2017-03-16

Madhes, Saptari, Rajbiraj

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीका स्थानीय तहको कार्यालयमा तालाबन्दी गरेका छन् । ‘स्थानीय तह पुनर्संरचना मान्न सकिदैन, संख्याको आधारमा स्थानीय तह निर्धारण गर’ भन्ने जस्ता नाराबाजी गर्दै मोर्चाका कार्यकर्ताले विहिबार राजविराजस्थित जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । दर्जनौंको संख्यामा रहेका मोर्चाका कार्यकर्ताहरुले समन्वय समिति स्थित स्थानीय विकास अधिकारी सुदेव पोखरेल, प्रशासन प्रमुख सुभाष मण्डल र राजविराज नगरपालिकाका कार्यकारी अधिकृत यादवराज सापकोटाको कार्यकक्षमा ताला लगाएका छन् । शुक्रवारदेखि जिल्लाका सबै नगरपालिका र गाउपालिकाहरुमा तालाबन्दी गर्ने तयारी भईसकेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवले जानकारी दिए । यस्तै मधेसी मोर्चाका नेताहरुले स्थानीय तहको निर्वाचनमा नलाग्न कार्यालय प्रमुखहरुलाई आग्रह समेत गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Saptari

0 Comments

Related Reports