Incident Reports

बलात्कार गरेको आरोपमा प्रहरी असई गिरफ्तार l

2013-04-30

INSEC Eastern Regional Office ताप्लेजुङ । वैशाख १८ गते दोखु गाविस-७ की एक ४२ वर्षीया महिलाले आफूलाई सुकेटार विमानस्थलस्थित अस्थायी प्रहरी चौकीका असई कमल राइले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा ०७० वैशाख १५ गते उजुरी दिएकी छन् । घटना विवरण अनुसार पीडित महिलाको गाउँमा नाताले देवर पर्ने भुपेन्द्र गुरुङसँग अनैतिक सम्बन्ध भएको भन्दै गाउँहरूले पीडित र उनका देवरलाई सुकेटार विमानस्थलस्थित अस्थायी प्रहरी चौकीमा वैशाख १४ गते बुझाएका थिए । गाउँलेहरूले पीडित र उनका देवरलाई प्रहरीमा बुझाएपछि पीडितलाई आरोपत राईले आफूलाई राति १० बजे बलात्कार गरेको पीडितले बताएकी छन् । पीडित महिला, उनका देवर गुरुङ र असई राईलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई वैशाख १५ गते सदरमुकाम फुङलिङ ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले वैशाख १७ गते असई राईलाई निलम्बन गरी १५ दिनको म्याद थप गरेर घटनाको अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गोविन्द आर्चायले बताए । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर

0 Comments

Related Reports
Related Trend Analysis