Incident Reports

SLMM cadres remove signboards of 7 village council in Mahottari

2017-03-16

Samyukta Lokatantrik Madhesi Morcha (SLMM) cadres on Thursday obstructed the hanging of signboards in 7 village councils of Mahottari. The Morcha cadres also torched the signboard and documents of Manara village council. Citing that the government was not serious towards resolving the issues of Madhesis through constitution amendment, a group led by Ram Udar Rajak - Sadbhawana Party Chairperson of Constituency number-4 in Mahottari torched the signboard of Manara village council and torched it. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले चैत ३ गते महोत्तरीको सात वटा गाउँपालिकामा नयाँ साइनबोर्ड झुण्ड्याउन अवरोध गर्नुको साथै मनरा गाउँपालिकाको कागज पत्र र बोर्ड समेत आगजनी गरेका छन् । संविधान संशोधनको प्रकृयाका लागि सरकार गम्भीर नरहेको भन्दै नेपाल सद्भावना पार्टी महोत्तरी क्षेत्र नम्बर-४ का क्षेत्रीय अध्यक्ष रामउदार रजकको नेतृत्वमा पुगेका मधेसी मोर्चाका कार्यकर्ताहरूले मनरा गाउँपालिकाको बोर्ड हटाएर जलाउनुका साथै वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको विरोध गरेका हुन् । त्यसैगरी महोत्तरीमा तोकिएको १२ गाउँपालिका मध्ये पिपरा गाउँपालिका, मटिहानी गाउँपालिका, महोत्तरी गाउँपालिका, भङ्गहा गाउँपालिका र लोहारपट्टि गाउँपालिमा साइनबोर्ड भुण्ड्याएर काम सूचारू भएपनि बाँकी सात ओटा गाउँपालिमा मधेसी मोर्चाका कार्यकर्ताले विरोध गरेपछि काम अवरुद्ध भएको छ । बलवा गाउँपालिकामा चैत ३ गते मधेसी मोर्चाका कार्यकर्ताहरूले गाउँपालिका उल्लेखित साइनबोर्ड झुण्डयाउन अवरोध गरेका छन् भने सोनमा गाउँपालिकामा बोर्ड झुण्डयाउन नदिएपछि सोही गाउँपालिका अन्तर्गत पर्ने रघुनाथपुर स्थित प्रहरी चौकीमा गाउँ पालिकाको बोर्ड लगेर थन्क्याइएको छ । त्यसैगरी औरही गाउँपालिका, एकडारा गाउँपालिका, सम्सी गाउँपालिकामा पनि स्थानीय बासिन्दा र मधेसी मोर्चाले अवरोध गर्दै गाउँ पालिकाको बोर्ड झुण्ड्याउन नदिएको बताइएको छ । त्यस्तै रामगोपालपुर गाउँपालिकामा स्थानीय बासिन्दा र मधेसी मोर्चाका नेता कार्यकर्ताहरूले तालाबन्दी गरेपछि कामकाज ठप्प भएको छ । सरकारले स्थानीय तह पुर्नसंरचना गरे अनुसार महोत्तरीमा तोकिएका स्थानीय तह अन्तर्गत तीन नगरपालिका र १२ गाउँपालिका कार्यान्वयनतर्फ अगाडि बढेको बेला मधेसी मोर्चाले यस्तो अवरोध गरेको हो । अहिले जिल्ला विकास समिति महोत्तरीको बोर्ड फेरिएर जिल्ला समन्वय समितिको कार्यालयमा परिणत भएको छ भने साविकका गाउँ विकास समितिहरूलाई समावेश गरेर केन्द्रबिन्दु तोकिएका ठाउँमा गाउँपालिका उल्लेखित साइनबोर्ड झुण्डयाउने प्रकृया अघि बढाइएपछि केही गाउँपालिकामा मात्रै काम सुचारू भएको छ । ‘राजपत्रमा सूचना प्रकाशित भए लगतै जिल्ला विकास समिति महोत्तरीको साइनबोर्डको ठाउँमा जिल्ला समन्वय समिति महोत्तरी लेखिएको साइनबोर्ड राखिएको छ ।’-स्थानीय विकास अधिकारी युवराज पौडेलले भने-‘कार्यालयको लेटर प्याड र छाप समेत परिवर्तन भइसकेको छ ।’ गाउँपालिकाहरूमा पनि साइनबोर्ड परिवर्तन भएर लेटर प्याड र छापसमेत परिर्तन गर्ने कार्य पुरा भइसकेको स्थानीय विकास अधिकारी पौडेलले बताए । कार्यालयको नाम परिवर्तन भएकोले केही दिनका लागि स्थानीय तहका सबै निकायको बैङ्क खाता रोक्का गरिएको र बैङ्क खातामा नाम परिवर्तन भए लगतै आर्थिक कारोबार सुरु हुने जनाइएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश-२०७३ अनुसार स्थानीय तहले आफ्नो नाम परिवर्तन गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Mahottari

0 Comments