Incident Reports

आयोगको निर्णयविरुद्ध राप्रपाले निकाल्यो देशैभर मसाल जुलुस

2017-03-18

Nepal

निर्वाचन आयोगले पार्टीको विधानमा उल्लेखित संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र’ शब्दावली हटाइदिएको विरोधमा राप्रपाले देशका विभिन्न स्थानमा शनिबार साँझ मलास जुलुस निकालेको छ । देशका विभिन्न जिल्लामा नेता कार्यकर्ताले स्वतःस्फूर्तरुपमा निर्णयको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । मलास जुलुस प्रदर्शका क्रममा नेता कार्यकर्ताले निर्णय फिर्ताको माग गर्दै चर्को नारा समेत लगाएका थिए । आजै राप्रपाको आपतकालिन बैठकले निर्णय फिर्ता दिन माग गर्दै आगामी चैत ७ गतेदेखि चरणबद्ध आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports