Incident Reports

३३ जना बालबालिकालाई भारतबाट उद्वार

2017-03-18

Bagmati, Kathmandu, Kathmandu

भारतमा विभिन्न कारणले पुर्‍याइएका ३३ जना बालबालिकालाई उद्वार गरी नेपाल फर्काइएको छ । भारतीय प्रहरीको सहयोगमा केन्द्रीय बालकल्याण समितिले शनिबार बालबालिकालाई काठमाडौं ल्याएको हो । विभिन्न प्रलोभन पारेर भारत पुर्‍याइएका ३१ बालक र २ बालिकालाई भारती प्रहरीको सहयोगमा उद्वार गरी ल्याएकोकेन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले जानकारी दिए । उद्वार गरिएका बालबालिका ६ वर्षदेखि १६ वर्षसम्मका छन् । भारतको निरदेश बालगृहबाट १९ जना र दरभंगा बालगृहबाट १४ जना उद्वार गरिएको केन्द्रीय कालकल्याण समितिले जानकारी दिएको छ । बालगृहमा पनि बन्दी अवस्थामा राखिएको बालबालिकाले सुनाए । ६ वर्षीय भोला महावीरले बन्दीगृहमा थुनिएर राखेको बताए । ‘चकलेट दिएर फकाएर लगेको थियो, अब कहिल्यै भाग्दिन्' उनले भने । उद्वार गरिएका बालबालिका सिराहा, जनकपुर रौतहट, काठमाडौं, काभ्रेलगायतका छन् । सिराहाका मात्र ९ जना बालक छन् । केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक धितालले परिवार भएकालाई छिट्टै परिवारमा पठाउने र नभएकालाई पनि उचित व्यवस्थापन गरिने जानकारी दिए । उनले १९ बालबालिकाका परिवार सम्पर्कमा रहेको बताए । लामो समयसम्म परिवारसँग विछोड हुनुका साथै बन्दीझैं बस्नुपर्दा बालबालिकामा मानसिक समस्यासमेत देखिएको बताइएको छ ।

0 Comments