Incident Reports

मधेसी मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालाबन्दी र अवरोध

2017-03-17

Madhes, Siraha, Lahan

मधेसी मोर्चाका कार्यकर्ताले आफूहरूको माग सम्बोधन नगरेसम्म तराई मधेसका विभिन्न जिल्लामा स्थानीय तहमा कामकाज गर्न नदिने चेतावनी दिएका छन् । इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार माग सम्बोधन नभएसम्म कुनै पनि निर्वाचन हुन नसक्ने भन्दै मधेसी मोर्चाले सिरहाका नगरपालिका र गाउँपालिकाहरूमा चैत ४ गते तालाबन्दी गरेका छन् । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन मधेस विरोधी भएको भन्दै मोर्चाका नेता तथा कार्यकर्ताहरूले लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका, सिरहा नगरपालिका र कल्याणपुर नगरपालिकासहित जिल्लाका ११ गाँउ पालिकाको कार्यालयहरूमा कालो झण्डासहित तालाबन्दी गरेका हुन । मोर्चाका नेता कृष्ण बहादुर यादवले आफूहरूको मागलाई बेवास्ता गरी सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेर मधेशमा द्वन्द्व सृजना गरेको आरोप लगाए । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी शेखर कोइरालाले मोर्चाले स्थानीय निकायहरूमा तालाबन्दी गरे पनि प्रहरीले ताला फुटाएर सुरक्षा प्रदान गरेको बताए । सो क्रममा कुनै अप्रिय घटना नभएको एसपी कोइरालाले जानकारी दिए । बिना सूचना एक्कासी कार्यालयहरूमा तालाबन्दी हुँदा कामका लागि पुगेका सेवाग्राहीहरू निरास भएर फर्किएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari , Local Newspaper - Siraha , Local Newspaper - Morang

0 Comments

Related Reports