Incident Reports

निर्वाचन आयोगविरुद्ध इटहरीमा राप्रपा जुलुस, मन्त्रीसमेत सहभागी

2017-03-19

Province 1, Sunsari, Itahari

RSS राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगद्वारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै आज त्यसविरुद्ध यहाँ विरोध प्रदर्शन गरेको छ । पार्टीको जुलुसले इटहरी बजारको परिक्रमा समेत गरेको छ । राप्रपा सुनसरी सभापति रोहित कार्कीको नेतृत्वमा निक्लिएको जुलुसमा राप्रपाका नेता दिलनाथ गिरीले पार्टीको मुख्य प्रस्तावमा नै उल्लेख भएको संवैधानिक राजतन्त्र र हिन्दू राज्यको धारणा हटाइदिएकाले परिआएको बेला सरकारबाट पनि हट्न सक्ने जिकिर गरे । राप्रपा निर्वाचनको पक्षमा रहेको र चाँडो र तोकिएकै समयमा निर्वाचन गराउनका लागि प्रतिबद्ध हुँदाहुँदै पनि आयोगले गलत नियत राखेर सो काम गरेको आरोप संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गिरीले लगाए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Morang

0 Comments

Related Reports