Incident Reports

छब्बिसेबाट पाँच जना महिलाको उद्धार

2017-03-20

Province 1, Ilam, Suryodaya

माइती नेपाल पशुपतिनगर इलामले पाँच जना महिलाको उद्धार गरेको छ । बेचविखनका लागि भारत लैजाँदै गरेको अवस्थामा महिलाहरुलाई नेपाल भारतको सिमाना छब्बीसे भन्ने ठाउँबाट उद्धार गरिएको माइती नेपाल पशुपतिनगर इलामका संयोजक होम ढकालले बताउनुभयो । पशुपतिनगर इलामका अनुसार उद्धार गरिएकाहरु सबै गोरखाको उहियाका रहेका छन् । महिलाहरुलाई कुवेत र पाकिस्तान रोजगारीका लागि लैजाने भनेर एकै दिनमा काठमाडौंबाट पासपोर्ट बनाइ ल्याइएको ढकालले जानकारी दिनुभयो । भारतीय प्रहरी र स्थानीय महिलाको सहयोगमा माइती नेपाल पशुपतिनगर इलामले ती महिलाहरुलाई उद्धार गरेको हो । बेच्न लाने व्यक्ति महिलाहरुलाई छब्बिसेको बाटो भएर आउनु भारतमा नै लिन आउछु भनेकाले विकास भनिने चेतप्रसाद दुलाललाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।
National/Online Media , Local Newspaper - Chitwan

0 Comments