Incident Reports

नगरपालिका र गाउँपालिकाका बोर्ड हटाए मोर्चाका कार्यकर्ताले

2017-03-22

संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले रामनगर नगरपालिकामा लगाएको बोर्ड हटाएका छन् । संविधान संशोधन नगरी सरकारले नयाँ स्थानीय तहको घोषणा गरेर निर्वाचनको तयारी थालेको भन्दै मोर्चाले जिल्लाको दक्षिणी क्षेत्रका नगरपालिका र गाउँपालिकामा पुगेर बोर्ड हटाएको हो । मोर्चाका संयोजक मुकुरजी गिरीका अनुसार जिल्लाको महेसपुरबाट मोटरसाइकल र्‍यालीसहित सबै स्थानीय तहमा पुगेर विरोध प्रदर्शन गरेको छ । चुनाव बहिष्कार अभियानअन्तर्गत बुधबार जिल्लामा लाठीसहितको मोटरसाइकल र्‍याली निकालेको छ । मोर्चाले सीमावर्ती क्षेत्र महेसपुरबाट करिब हजार मोटरसाइकलको संख्यामा निकालेको र्‍याली बेलासपुर, उजैनी, मन्झरिया हुँदै सदरमुकाम परासीको जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports