Incident Reports

नेसपाका कार्यकताले विदेह नगरपालिकको बोर्ड जलाए

2017-03-16

नेपाल सदभावना पार्टीका कार्यकर्ताहरुले विदेह नगरपालिकाको बोर्ड जलाएका छन् । सरकारले संविधान संशोधनको प्रकृया अगाडी नबढाई स्थानीय तहको चुनाव गर्न लागेको विरोधमा सद्भावनाका कार्यकर्ताहरुले नगरपालिकाको बोर्ड हटाएर जलाएका हुन् । सरकार र एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्दै उनीहरुले विदेह नगरपालिकाको बोर्ड हटाएका थिए । नेपाल सदभावना पार्टी धनुषा क्षेत्र नम्वर २ का अध्यक्ष संजीव झाको नेतृत्वमा बोर्ड हटाउन पुगेका कार्यकर्ताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतला दहन समेत गरेका थिए । एमाले अध्यक्ष ओली मधेशीविरोधी रहेकाले उहाँको पुतला दहन गरिएको झाले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Dhanusha

0 Comments

Related Reports