Incident Reports

महाकाली पारी ससस्त्र प्रहरी जवानमाथि सांघातिक आक्रमण

2017-03-19

एक समुहको हतौडा र रडको प्रहारबाट ससस्त्र प्रहरीका एक जवान गम्भीर घाइते भएका छन् । महाकाली नगरपालिका स्थित ससस्त्र प्रहरी सिमा सुरक्ष्या बल बोर्डर आउट पोस्ट महाकालीमा कार्यरत प्रहरी जवान बलबहादुर खड्कालाई आइतबार साँझ ड्युटी सकेर घर फर्कदैं गरेको अवस्थामा आमभोज भन्ने ठाउँमा आक्रमण गरिएको हो । प्रहरीले मोटरसाइकल बनाउने क्रममा उनीमाथि आक्रमण भएको जनाएको छ । प्रहरीका अनुसार बिनोद पुरी,सन्दिप बस्नेत र बिरेन्द्र बस्नेतको समुहले आक्रमण गरेको हो । उनीहरु मध्य संदिप बस्नेत कुटपिटका नाइके रहेको प्रहरीले जनाएको छ । संदिप र बिरेन्द्र दाजु-भाई हुन् । घाइते खड्काको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । आक्रमणकारी तिनै जनाको ससस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी जारी राखेको बोर्डर ससस्त्र प्रहरी बोर्डर आउट पोस्टका प्रहरी निरिक्ष्यक फनेंद्र शाहीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) APF
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports