Incident Reports

आदिवासी जनजाति द्वारा सांगले जुलुस प्रदर्शन ।

2017-03-25

Lumbini, Dang, Ghorahi

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेजी प्रक्रिया रोक्न माग गर्दै नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद दांगले शनिबार घोराहीमा मानव सांगले जुलुस प्रदर्शन गरेको छ। स्थानीय शान्ति समितिको कार्यालयबाट शुरु भएको मानव सांगले जुलुस सहिद गेट, नयाबजार हुदै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। आदिबासी जनजातिहरुले उनीहरुको एकमात्र सरकारी संयन्त्र आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको खारेजी प्रक्रिया रोक्नुपर्ने, संविधानमा आदिबासी जनजातिका वास्तविक एजेन्डा सम्बोधन गर्न संशोधन गर्नुपर्ने, राज्य पुनर्संरचनाका क्रममा निर्माण गरिएका गाउपालिका, नगरपालिकामा आदिबासी जनजातिको सधन क्षेत्रलाइ टुक्र्याइएकाले पुनर्विचार गरिनुपर्नेलगायतका माग राखेका थिए। सांकेतिक बिरोधस्वरुप मानव सांगले जुलुस निकालिएको भन्दै उनीहरुले आदिबासी जनजातिका माग तत्काल सम्बोधन गर्न माग गरेको आदिबासी जनजाति महासंघ समन्वय परिषद दांगकी उपाध्यक्ष सबिना बुढाले जानकारी दिनुभयो। आदिबासी अधिकारको माग गर्दै दांगमा जनजातिहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Other forms of non-violent protest
Primary Cause Ethnic or caste-based collective tensions
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Adivasi/Janajati
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dang

0 Comments