Incident Reports

पति हत्याको आरोपमा पत्नी पक्राउ

2017-03-18

Karnali, Kalikot, Khandachakra

पति हत्याको आरोपमा कालिकोटको महावै गाउँपालिका–५ कि १६ वर्षिया धनकला विकलाई प्रहरीले पक्राउ गरेको छ । २३ वर्षीय पति नरेन्द्र विकलाई हत्या गरेको आरोपमा शनिबार प्रहरीले धनकलालाई पक्राउ गरेको हो । चैत ५ गते खाँडाचक्र नगरपालिका–८ स्थित ससुराली घरमा आएका बेला खाँडाचक्र नगरपालिका–९ का १८ वर्षीय रमेश विकसँग मिलेर धनकलाले हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आरोपी रमेशसँग विवाह गर्ने उद्देश्यले हत्या गरी खोल्सामा फालेको धनकलाले प्रहरी समक्ष स्वीकार गरेको प्रहरी प्रमुख ‘डिएसपी’ योगेन्द्र खड्काले बताउनुभयो । हत्याका अर्का आरोपित रमेश विक फरार छन् । एक हप्ता अगाडि हराएका मृतक नरेन्द्रको शव चैत ११ गते खाँडाचक्र नगरपालिका–८ छायढुस्की भन्ने ठाउँको खोल्सामा भेटिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Jumla

0 Comments

Related Reports