Incident Reports

वनमा आगजनीको आरोपमा चरम यातना

2017-03-17

Bagmati, Chitawan, Bharatpur, Ward 11

वनमा आगो लगाएको आरोपमा महिला र बालकलाई चरम यातना दिइएको छ । भरतपुर-११ गणेशस्थान क्षेत्रमा रहेको वनमा आगजनी गरेको आरोपमा पक्राउ परेका एक बालक, एक महिला र अन्य दुई युवालाई कुटपिट गरिएको घटना चार दिनपछि सार्वजनिक भएको छ । वनमा आगो लगाएको आरोपमा सीमा सुरक्षा बल आँपटारीका सशस्त्र प्रहरीले भरतपुर-११ बस्ने वर्ष १४ का पुस्कर तामांग, वर्ष १७ का अमित तामांग, १७ वर्षकी दानु हमाल र १७ वर्षकै विमल विकलाई चैत ४ गते बिहिबार घरमै रहेको अवस्थामा नियन्त्रणमा लिइ कुटपिट गरेर घाइते बनाएको आरोप स्थानीयले लगाएका छन् । आरोपितहरुको शरीरको आँखा धाद, पाखुरा, घुँँडामा घाउ रहेको छ । यस घटनामा १० जना गिरफ्तारमा परे पनि अरु छुटिसकेको प्रहरीले जनाएको छ ।यी चार जनाको हकमा भने आइतबार ६ गते आगजनी आरोपमा १० दिन म्याद थप भई अनुसन्धान भइरहेको वन कार्यालय चितवनका प्रमुख केदार पौडेलले बताए । पिडितले कुटपिट भएको घटना सोमबारमात्र पत्रकार र मानवअधिकार अभियन्तालाई जानकारी गराएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Torture
Secondary Form Violence during arrest/detention
Weapons Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations APF
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 4
Female Injured 1
Youth Injured 4
Local Newspaper - Chitwan

0 Comments