Incident Reports

अपहरणमा परेको केही घण्टामै मुक्त

2017-03-29

Madhes, Dhanusha, Janakpur

जनकपुर १७ तेतरिया बजारबाट बुधबार साँझ अपहरणमा परेका तेतरियाका राजकुमार यादवका छोरा १८ वर्षीय राहुल अपहरणमा परेको केही घण्टापछि मुक्त भएका छन् । तेतरिया बजारमा घुमिरहेको बेला अवेर साँझ दुई जना अपरिचित व्यक्तिहरुसँग राहुलको विवाद भएको र सोही क्रममा उनीहरुले राहुललाई नियन्त्रणमा लिएर उत्तरतर्फ लागेको घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यता स्थानीयले पनि अपहरणकारीको पिछा गरिरहेको घटनाका प्रत्यक्षदर्शी अजय यादवले बताए । अपहरणमा परेका राहुललाई खोज्दै उक्त क्षेत्रलाई घेरा हालेको डिएसपी मनोज यादवले बताए । उनका अनुसार स्थानीयको सहयोगमा प्रहरीले सक्रियता बढाएपछि अपहरणकारी विचलित भएका थिए र राहुललाई छाडेर भागेका डिएसपी यादवले बताए । अपहरणकारीको खोजी र घटनाको थप अनुसन्धान जारी रहेको यादवले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
Local Newspaper - Dhanusha

0 Comments

Related Reports