Incident Reports

विद्यासदन मा.वि.मा विद्यार्थीलाइ चरम यातना

2017-03-20

Madhes, Parsa, Birgunj

का प्रिन्सिपलले कक्षा ८ मा अध्ययनरत् विद्यार्थीलाई चरमयातना दिएको भन्दै आज विहान अभिभावकहरुले प्रदर्शन गरेपछि विद्यालय क्षेत्रमा तनाव सिर्जना भएको छ । सो विद्यालयको कक्षा ८ मा अध्यनरत राहुल अंसारी, सरताज अंसारी, सोनु अंसारी, अदनान अंसारी, राजु यादव, अशोक साह, अमर यादव, बिरेन्द्र कुमार, धिरज चौधरी, रवी पटेल, सहिद अली, खुसनन्दन चौधरी, आकाश पटेल लगायत २० जना विद्यार्थीहरुलाई ५:०० बजे पछि अतिरिक्त कक्षा लिन अनिवार्य गरिएको र विद्यार्थी नमान्दा विद्यालय प्रिन्सिपल लाल बहादुर गुरुङको उपस्थितिमा स्कुलका टिचर सारुख अंसारीले चरम्यातना दिएको र विद्यार्थीहरुको हात र खुट्टामा निल डाम समेत भएको अभिभावक मनिर अन्सारीले बताउनुभयो । विद्यार्थीलाई नाजायज रुपमा कुटपिट विषयलाई लिएर अभिभावकहरुले विरोध जनाए पछी जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी टोली पुगेको थियो । प्रहरी टोली र अभिभावक तथा संघिय समाजवादी फोरम नेपालका जिल्ला सदस्य नेक महम्मद अंसारी समक्ष प्रिन्सिपल गुरुङ र शिक्षकले माफी मागेपछि घटना साम्य भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 20
Youth Injured 20
Local Newspaper - Parsa

0 Comments