Incident Reports

निर्वाचन आयोग धर्ना दिन गएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पक्राउ

2017-04-02

Bagmati, Kathmandu, Kathmandu

निर्वाचन आयोग धर्ना दिन गएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका अध्यक्ष बाबुराम भट्टराई पक्राउ परेका छन् । आइतबार बिहान आयोगको कान्तिपथस्थित कार्यालयमा धर्ना दिएका भट्टराईसहित नयाँ शक्ति नेतृसमेत रहेकी पत्नी हिसिला यमी, नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल पनि पक्राउ परेका छन् । भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले पक्राउ परेका नेताहरुलाई ट्रकमा राखेर प्रहरीले तल्लोस्तरको व्यवहार देखाएको बताए । नयाँ शक्तिलगायतका निर्वाचन आयोगमा दर्ता भएका पाँच दर्जन दलले स्थानीय तह चुनावमा दलीय चुनाव चिन्ह नदिएको भन्दै कान्तिपथस्थित निर्वाचन आयोग अगाडि धर्ना दिएका हुन् । उनीहरुले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई ज्ञापन पत्र दिएका थिए । नयाँ शक्तिले बिहीबार नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै ऐन संशोधनका लागि ४८ घण्टाको समय दिएको थियो । समयसीमाभित्र ऐन संशोधन नभएको भन्दै नयाँ शक्तिसहितका दलले बिहान ९ बजेदेखि ११ बजेसम्म आयोगसहित देशभरका कार्यालयमा धर्ना दिएका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Naya Shakti
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Sarlahi

0 Comments

Related Reports