Incident Reports

राजविराजमा सकेट बम फेला

2017-04-04

Madhes, Saptari, Rajbiraj

सप्तरीको राजविराज नगरपालिकामा २ जनाको घरमा सकेट बम फेला परेको छ । राजविराज ४ स्थित कल्टुपोखरी छेउमा रहेको किराना व्यापारी विनोद चौधरीको घरमा आज बिहान शङ्कास्पद अवस्थामा रहेको सकेट बम फेला परेको छ । स्थानीय चौधरी (दास)को घरको गेट अगाडि प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चौधरी विद्युतीय ब्याट्रीको व्यापार गर्दै आएको व्यापारी हुन् । यसैगरी राजविराज-५ स्थित इँटा व्यवसायी रवीन्द्र यादवको घर परिसरमा सकेट बम फेला परेको छ । बम निस्क्रिय पार्नको लागि अहिले राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशत्र प्रहरी त्यहाँ पुगेको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीलाई उद्धृत गर्दै राससले जनाएको छ । यसैबीच बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ । बम फेला परेको ठाउँमा अहिले अवस्था तनावपुर्ण रहेको स्थानीयवासीले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Siraha , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa , Local Newspaper - Saptari

0 Comments

Related Reports