Incident Reports

एकीकृत माओवादी कार्यकर्ताको हत्याl

2013-05-08

बारा । वैशाख २६ गते एनेकपा माओवादीका भोजपुरा राज्य कमिटी सदस्य राजेन्द्र महतोको वैशाख २५ गते राती दाउराको चिरपटले हानेर हत्या गरिएको छ । मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष समेत रहेका मण्डल राती नौ बजे छिमेकीको घरमा भएको भोजमा सहभागी रहेको बेला उनका छिमेकी प्रमोद महतोले बोलाई दाउराको चिरपटले खुट्टा र टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धान अधिकृत रामनाथ घिमिरेले बताए । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उनको उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनायो । हत्या आरोपित फरार छन् । 'एक साता अघि मण्डल र प्रमोदबीच सामान्य झगडा भएको थियो, त्यही रिसको झोकमा रिसइबीले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।' घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले सोधपुछका लागि घटना स्थल वरपरका पाँच जनालाई नियन्त्रणमा लिएको छ । लक्ष्मी साह सोनार

0 Comments

Related Reports
Related Trend Analysis