64 Political parties including Naya Shakti Nepal staged a sit-in before the District Election Office Lalitpur on Monday as a part of their agitation demanding the right to participate in local level elections with their own party's symbol. Addressing the mass gathered at the sit-in executive member of Naya Shakti Nepal party Nawaraj Subedi said that it was against the constitution and multiparty system to deny parties of election symbol.
नयाँ शक्ति लगायत ६४ दलका नेता कार्यकर्ताले देशैभरका निर्वाचन कार्यलय धर्ना दिने क्रममा ललितपुरस्थित निर्वाचन आयोगको कार्यलयमा पनि धर्ना दिएका छन् ।
ललितपुरको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टी,नेपालका कार्यकारी सदस्य एवं प्रवास प्रादेशिक समिति संयोजक नवराज सुवेदीले दलीय निर्वाचन चिन्ह नदिनु ,संविधान र बहुदलिय प्रतिस्पर्धाविरुद्ध भएको बताए ।
सुवेदीले तीन दलको सिन्डीकेटले मुलुक नचल्ने भन्दै निर्वाचन आयोगले प्राविधीक कुरामा अल्झेर दलिय चिन्ह नदिनु आपत्तिजनक रहेको वताए ।
धर्ना कार्यक्रममा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रीक मोर्चाका केन्द्रीय सचिवालय सदस्य नगेन्द्र राई, नेता श्याम केसी,संघीय समाजवादी फोरमका नेता वीर बहादुर लामा, लगायतले सम्बोधन गरेका थिए ।