Incident Reports

डेल्धुरामा प्रहरी र म्यादी प्रहरीका आवेदकबिच झडप, ३ प्रहरी घाइते

2017-04-03

डडेल्धुरामा म्यादी प्रहरीका लागि आवेदन दिएका आन्दोलित भएका छन् । म्यादी प्रहरी छनौटमा अनियमितता भएको भन्दै असन्तुष्टले आन्दोलन गरेपछि प्रहरी र आवेदकबिच झडप समेत भएको छ । जिल्लामा कुल ४ सय १३ जनाको सिटमा तेब्बर बढी अर्थात १ हजार ३ सय २६ जनाको दरखास्त परेपछि छनौट प्रक्रियामा ठूलो संख्यामा युवाहरु बाहिरीएपछि असन्तुष्टहरु आन्दोलित भएका हुन् । सोमबार बिहान प्रकाशित नतिजामा छनौटका लागि न्युनतम तौल समेत नपुगेका व्यक्तिहरु म्यादी प्रहरीमा छनौट गरिएको भन्दै असन्तुष्ट समूहले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ढुङ्गामुडा प्रहार गरेका छन् । म्यादी प्रहरी भर्नामा राजनितीक हस्तक्षेपका कारण योग्य व्यक्तिहरु बाहिर रहेका र अयोग्य व्यक्तिहरु भर्ना लिएको आरोप आन्दोलनकारीहरुको रहेको छ । प्रहरी र आन्दोलनकारीबिच भएको झडपमा तीन जना प्रहरी सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो । प्रहरीले लाठि चार्ज गर्न थालेपछि अहिले आन्दोलित आवेदकहरु प्रहरी कार्यालय भन्दा वरैबाट आन्दोलन गरिरहेका छन् । आन्दोलनकारीहरुलाई कार्यालय अगाडिबाट भगाउन सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । छनौटका लागि लिखित परीक्षा हुन बाँकी नै छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Contestation over non-elective positions and influence
Secondary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 9
National/Online Media

0 Comments