Incident Reports

रक्सीको नसामा विद्यालयमा तोडफोड

2017-03-28

Madhes, Saptari, Rajbiraj

सप्तरीको जमुनी मधेपुरा गाविसको पर्साहीमा रहेको विद्यालयमा तोडफोड गर्ने दुईजना दाजुभाइलाई स्थानीयबासिन्दाले पक्राउ गरि प्रहरीको जिम्मा लगाएको छ । पक्राउ पर्नेमा स्थानीय जितेन्द कुमार यादव र धमेन्द कुमार यादव रहेका छन् । दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी आधारभूत विद्यालयको वाउण्डी वाल र कक्षाकोठाको वाल तोडफोड गरेका छन् । विद्यालयका प्रधानाध्यापक नरेशकुमार यादवले दिएको जानकारी अनुसार मंगलबार राति मादक पदार्थ सेवन गरी दुवै दाजुभाइले विद्यालयमा तोडफोड गरेका छन् । विद्यालयमा यसअघि पनि पटक पटक यस्ता तोडफोडका घटना भइसकेको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ब्रह्मदेव यादवले पक्राउ परेका दाजुभाइलाई कडा कारवाही र क्षतिपुर्तिको माग समेत गरेका छन् । यता सप्तरीका एसपी अनुराग दिवेदीले पक्राउ परेका दाजुभाइलाई थुनामा राखि कारवाही प्रकृया अगाडि बढाईएको उनले जानकारी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
Local Newspaper - Siraha

0 Comments

Related Reports