Incident Reports

लहानमा एमाले र मधेसी मोर्चाबीच झडप, १८ नियन्त्रणमा

2017-04-08

Madhes, Siraha, Lahan

लहानमा एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ। नेकपा एमालेले पशुपति आदर्श माविबाट निकालेको जुलुसलाई विथोल्न मधेसी मोर्चाले पनि जुलुस निकाले पछि दुई पक्षबीच तनाब भएको थियो। एमालेले लहान नगरपालिकाको नगरसभा हलमा पार्टी प्रवेश कार्यक्रम राखेको थियो। दुई पक्षबीच तनाब भए पछि संघीय समाजवादी फोरम सिराहाका अध्यक्ष वादल यादव सहित १८ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिरा बहादुर पाण्डेले बताए। उनीहरुलाई इलका प्रहरी कार्यालय लहानमा राखिएको छ। यता एमालेको कार्यक्रम स्थलमा कडा सुरक्षा प्रदान गरिएको छ। नगरपालिकाको सभाहल बाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ। मोर्चाका कार्यकर्ताले अहिले पनि प्रदर्शन जारी राखेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Program Interference/Obstruction
Weapons Unclear
Primary Cause Election-related incident
Secondary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports