Incident Reports

गुन्डा नाइके दावा लामामाथि गोली प्रहार

2017-04-11

Bagmati, Kathmandu, Kathmandu, Ward 7

प्रहरीको गुन्डाको सूचीमा रहेका दावा लामामाथि राजधानीको गौरीघाटमा गोली प्रहार भएको छ। अज्ञात ब्यक्तिको गोली प्रहारबाट लामाको ढाँड र खुट्टामा गोली लागेको छ। गोली लागेका लामालाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। गोली कसले हान्यो भन्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ। 'गोली कसले हान्यो भन्ने केही खुलेको छैन,' घटनास्थलमा रहेका एसएपी छबिलाल जोशीले भने, 'वरिपरिका सीसीटिभी हेरेर छानबिन गर्दैछौं।' प्रत्यक्षदर्शीका अनुसार पैदलै हिँड्दै आएका एक युवकले लामामाथि चार राउन्ड गोली प्रहार गरेका थिए। गोली हानेर ती युवक पैदलै भागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एसएसपी जोशीले जानकारी दिए। महानगरीय प्रहरी प्ररिसर र महानगरीय प्रहरी अपराध महाशाखाले हालै बनाएको १ सय २२ जनाको गुन्डाको सूचीमा लामा बी ग्रेडमा छन्। काठमाडौंमा जुवा खेलाउने, पैसा लुट्नेलगायत अपराधिक घटनामा उनी संलग्न देखिँदै आएका छन्। एक महिना अगाडि महानगरीय प्रहरी वृत्त दरवारमार्गले उनलाई पक्राउ गरेकोमा धरौटीमा छोडेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Criminal
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Saptari

0 Comments

Related Reports