Incident Reports

नेपाल–भारत सीमा स्तम्भ छेउमा बम विस्फोट

2017-04-10

Madhes, Rautahat, Gujara

नेपाल–भारत सीमानजिक सोमबार दिउँसो बम पड्केको छ। दशगजामा पर्ने जंगे पिलरको नजिकै बेवारिसे अवस्थामा रहेको बम पड्किएको प्रहरीले जनाएको छ। रौतहटको जिंगडबा बेलबिछवा गाविसको वार्ड नम्बर ८ मा रहेको पिलर नम्बर ३४४ भन्दा करिब सय मिटर उत्तर नेपालतर्फको खेतमा बेवारिसे अवस्थामा रहेको बम पड्किँदा स्थानीय विनोद राय यादवको खेतमा चरिरहेका एउटा भैँसी घाइते भएको छ। सदरमुकाम गौरस्थित भन्सार कार्यालयभन्दा करिब दुई किलोमिटर पूर्वतर्फ रहेको पिलरभन्दा केही पर सुर्तीजन्य तुलसी परागको टिनको बट्टामा रहेको पुरानो बममा चर्दै जाँदा भैँसीले खुटा टेकेपछि बम पड्किएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रौतहटका प्रमुख एसपी भगवान मल्लले बताएका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको एसपी मल्लले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments