Incident Reports

आचारसंहिता मिचेर भोज

2017-04-11

Gandaki, Gorkha, Gorkha

कांग्रेसको गोरखा नगरपालिका वडा नम्बर १० समितिले निर्वाचन आचारसंहिता उल्लंघन गरेर चुनावी कार्यक्रमका नाममा भोजभतेर आयोजना गरेको छ। कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको उपस्थितिमा सोमबार सम्भावित उम्मेदारसहित छेवेटारमा वनभोज कार्यक्रमको आयोजना गरिएको हो । भोजमा गोरखा नगरपालिकामा कांग्रेसबाट उम्मेदवारी दिने सम्भावित व्यक्तिहरूको बाक्लो उपस्थिति थियो । मतदातालाई प्रभाव पार्ने उद्देश्यले कांग्रेसले भोजभतेर आयोजना गरेको स्थानीय सर्वसाधरण र अन्य पार्टीका नेताले गुनासो गरे । वनभोजमा करिब १ लाख खर्च भएको एक कांग्रेस नेताले बताए । कांग्रेस नेताले गोरखा नगरपालिकाकै वडामा मतदातालाई वितरणमुखी कार्यक्रमसमेत सञ्चालन गरेका छन् । मतदाता छानिछानी पस्लाङ आसपास ब्याल्ङकेट, भाँडाकुँडालगायत सामग्री वितरण गरिको स्थानीय एमालेका एक नेताले गुनासो गरे । निर्वाचन आचारसंहिताको परिच्छेद २ मा ‘राजनीतिक दल तथा उम्मेदवारसँग सम्बन्धित व्यक्तिले मतदातालाई प्रभाव पार्ने गरी नगद जिन्सीलगायत सामग्री वितरण गर्न वा भोजभतेर आयोजना गर्नु गराउनु हुँदैन,’ भनेर उल्लेख छ । कांग्रेस वडा १० का सचिव हरि अर्यालले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले वनभोज आयोजना गरिएको बताए । ‘आचारसंहिता लाग्छ भन्ने थाहा भएन,’ उनले भने ।
National/Online Media

0 Comments

Related Reports