Incident Reports

एमाले नेताको घरमा कालो झण्डा

2017-04-09

Madhes, Saptari, Saptakoshi

२ का संयोजक सत्यनारायण मण्डलको घरमा चैत २७ गते कालो झण्डा झुण्ड्याएका छन् । मोर्चाका जिल्ला संयोजक दिनेशकुमार यादवको नेतृत्वमा मोटरसाइकल र्‍यालीसहित पुगेका मोर्चाका कार्यकर्ताहरूले पूर्व खेलकुद मन्त्री मण्डलको घरमा कालो झण्डा झुण्ड्याउनुका साथै घरमा रहेका उनका ६० वर्षीया पत्नी र २१ वर्षीया बुहारीलाई गाली गलौजसमेत गरेको पीडित परिवारले जनायो । एमाले नेता मण्डलले मोर्चाका कार्यकर्ताहरूले घरमा महिलाहरूलाई गालीगलौज गरेर अपमानित गरेर सामाजिक मर्यादाको समेत उल्लङ्घन गरेको बताए । मोर्चाका कार्याकर्ताहरूले यसअघि कञ्चनरुप नगरपालिका र सप्तकोशी गाउँपालिकाको समेत बोर्ड हटाएर कालो झण्डा झुण्ड्याउनुका साथै स्थानीय निकायमा तालाबन्दी गरी कर्मचारीहरूलाई कामकाज नगर्न समेत धम्की दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth youth
INSEC

0 Comments

Related Reports