Incident Reports

Nepali Congress leader's grandson goes missing, abduction suspected

2017-04-11

Madhes, Rautahat, Katahariya

12-year-old Rajan Gupta, who is the grandson of local Nepali Congress leader Sarfalal Gupta, a possible candidate for the post of chairperson of Katahari rural municipality in the upcoming local level election has fallen a victim of suspected abduction. Rajan, a student of grade 4 in Police Boarding School in Birta went out of contact after going out on his cycle around 4:00pm in the evening on Tuesday, informed Rajan's father Binod Gupta. Binod also informed that Rajan's whereabout could not be established despite asking around his neighbors, friends, and relatives giving rise to suspicion of abduction. DSP Nabin Krishna Bhandari of DPO meanwhile, said that police are searching for the missing child. स्थानिय निर्वाचनको मुखमा एक स्थानीय कांग्रेस नेताका नाती अपहरणमा परेको आशंका गरिएको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं कटहरीया गाँउपालिकाका प्रमुखको दावेदारी गर्दैआएका स्थानिय सर्फलाल गुप्ताको १२ बर्षिय नाती राजन गुप्ताको अपहरण भएको आशंका गरीएको हो । बिर्ता स्थित प्रहरी बोडिंगमा कक्षा चारमा अध्ययनरत राजन गुप्ता हिजो (मंगलबार) अपरान्ह चारबजे देखी परिवारजन संग सम्पर्क बिहिन भएका छन् । चारबजेको समयमा घरबाट साईकल लिएर निस्केका राजन हालसम्म सम्पर्कमा नआएको उनका बुबा बिनोद गुप्ताले बताएका छन । हराएको अथवा कुनै साथी, आफन्तको घरमा जान सक्ने आशंकामा सम्पुर्ण साथी आफन्त सबैकोमा खोज तलास गरीएको तर हालसम्म पनि राजनको बारेमा थाहा हुन नसकेको नेता सर्फलाल गुप्ताले बताए । अपहरण बारे कतै बाट कुनै सुचना अथवा फोन नआएको गुप्ता परिवारले जनाएको छ । के भन्छ प्रहरी ? जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले अपहरणको आशंका गरीएको राजनको खोजी भईरहेको बताएका छन् । छिमेकी जिल्ला बारा र सिमाक्षेत्रका प्रहरी ईकाईलाई समेत घटनाबारे एलर्ट गराईसकेको भण्डारीले जानकारी दिए । जिल्लाको क्षेत्र नम्बर पाँच अन्तरगत पर्ने कटहरीया बजारमा हालसम्म कुनै अपहरणको घटना भने भएको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments