Incident Reports

कांग्रेस नेताको नातीको अपहरण

2017-04-11

Madhes, Rautahat, Katahariya

स्थानिय निर्वाचनको मुखमा एक स्थानीय कांग्रेस नेताका नाती अपहरणमा परेको आशंका गरिएको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं कटहरीया गाँउपालिकाका प्रमुखको दावेदारी गर्दैआएका स्थानिय सर्फलाल गुप्ताको १२ बर्षिय नाती राजन गुप्ताको अपहरण भएको आशंका गरीएको हो । बिर्ता स्थित प्रहरी बोडिंगमा कक्षा चारमा अध्ययनरत राजन गुप्ता हिजो (मंगलबार) अपरान्ह चारबजे देखी परिवारजन संग सम्पर्क बिहिन भएका छन् । चारबजेको समयमा घरबाट साईकल लिएर निस्केका राजन हालसम्म सम्पर्कमा नआएको उनका बुबा बिनोद गुप्ताले बताएका छन । हराएको अथवा कुनै साथी, आफन्तको घरमा जान सक्ने आशंकामा सम्पुर्ण साथी आफन्त सबैकोमा खोज तलास गरीएको तर हालसम्म पनि राजनको बारेमा थाहा हुन नसकेको नेता सर्फलाल गुप्ताले बताए । अपहरण बारे कतै बाट कुनै सुचना अथवा फोन नआएको गुप्ता परिवारले जनाएको छ । के भन्छ प्रहरी ? जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले अपहरणको आशंका गरीएको राजनको खोजी भईरहेको बताएका छन् । छिमेकी जिल्ला बारा र सिमाक्षेत्रका प्रहरी ईकाईलाई समेत घटनाबारे एलर्ट गराईसकेको भण्डारीले जानकारी दिए । जिल्लाको क्षेत्र नम्बर पाँच अन्तरगत पर्ने कटहरीया बजारमा हालसम्म कुनै अपहरणको घटना भने भएको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments

Related Reports