Incident Reports

विप्लव नेतृत्वको चुनाव विरोधी सभामा प्रहरीको हस्तक्षेप

2017-04-18

Lumbini, Rupandehi, Butwal

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चुनाव विरोधी सभामा प्रहरीले हस्तक्षेप गरेको छ । स्थानीय तहको निर्वाचनको बहिष्कार गरौँ भन्ने आह्वानका साथ सो पार्टीले बुटवलमा आयोजना गरेको लुम्बिनी ब्युरो एकीकृत जनजागरण तथा प्रतिरोध सभामा प्रहरीले हस्तक्षेप गरेको हो । बुटवलको ट्राफिक चोकमा सभा सुरु हुँदै गर्दा प्रहरीले हस्तक्षेप गरेको सो पार्टीका रुपन्देही इञ्चार्ज सरोज वलीले आरोप लगाए । इलाका प्रहरी कार्यालयका डिएसपी मुकुन्द मरासिनीले स्थानीय तहको निर्वाचनको लागि आचारसंहिता लागु भइसकेको अवस्थामा चुनाव विरोधी गतिविधि गरेकाले सभा रोकेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Program Interference/Obstruction
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth unknown
National/Online Media , INSEC , Local Newspaper - Rupandehi , Local Newspaper - Banke

0 Comments

Related Reports