Incident Reports

मधेसी मोर्चा र प्रहरीबीच गौरमा झडप, मोर्चाका तीन नेता पक्राउ

2017-04-20

Madhes, Rautahat, Gaur

मधेसी मोर्चा र प्रहरीबीच रौतहटको गौरमा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ भने पूर्वसभासदसहित तीन जनालाई पक्राउ गरेको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार मोर्चाका कार्यकर्ताहरुले बिहीबार गौरमा लाठी र सिठ्ठी जुलुस निकालेका छन् । जुलुस गौर बजार परिक्रमा गर्दै नगरपालिकाको कार्यालय अगाडि पुगेर नाराबाजी गरेको थियो । सरकारविरुद्ध नाराबाजी गरिरहेका मोर्चाका कार्यकर्ताहरुले नगरपालिकाको कार्यालयमा ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । नगरपालिका कार्यालयभित्र क्षेत्रनम्बर ६ बाट निर्वाचित एमालेका सांसद रामकुमार भट्टराईलाई देखेपछि मोर्चा कार्यकर्ताहरुले ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरी मोर्चाका कार्यकर्ताहरुलाई तितरबितर पारेको थियो । सो क्रममा पूर्वसभासद रम्भा देवी, रामेश्वर यादव र अरुण सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनैजना तमलोपाका नेताहरु हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 70
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments

Related Reports