Incident Reports

मधेशी मोर्चाले निकाल्यो चन्द्रौटामा लाठी जुलुस

2017-04-20

Lumbini, Kapilbastu, Shivaraj

स्थानीय निकायको चुनाव बहिस्कार गर्नुपर्ने भन्दै संयुक्त मधेशी मोर्चाले कपिलवस्तुको विहीबार चन्द्रौटामा लाठी जुलुस निकालेका छन् । हातमा लाठी लिएर साँझ ३ बजे निकालिएको जुलुस चन्द्रौटा बजार परिक्रमा गरी चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा संघीय समाजबादी फोरम नेपालका सांसद अभिषेक प्रताप शाह, सद्भावना पार्टीका केन्द्रिय सदस्य रबिदत्त मिश्र, तमलोपाका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री ईश्वर दयाल मिश्र लगायतले सम्बोधन गरेका थिए । नेताहरुले सरकारको आलोचना गर्दै स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा हुन नदिने बताएका थिए । लाठी जुलुसमा संयुक्त मधेशी मोर्चाका केन्द्रिय तहदेखि जिल्ला तहका शिर्षस्थ नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनको विरोधमा मोर्चाले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Reports